म्याग्दी । वर्षा र हिमपात भइरहेकाले म्याग्दी जिल्लातर्फ अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ।
आज जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूचना जारी गर्दै पदयात्रामा पूर्ण रोक लगाइएको जनाएकाे हाे ।
यस्तै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र मनाङले पनि यी क्षेत्रहरुमा भारी हिमपात हुने उच्च सम्भावना रहेको भन्दै पदमार्ग भएर पदयात्रा नगर्न /नगराउन सूचना जारी गरेका छन् ।

October 28, 2025, Jyotishsanchar press

