बीपी राजमार्ग दुईतर्फी रुपमा अवरुद्ध

धुलिखेल । बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाभित्रकाे खण्डमा आधा दर्जन ठाउँमा पहिराे खसेर सडक अवरुद्ध भएकाे छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेले दिएकाे जानकारी अनुसार चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना, नार्केलगायतका स्थानहरूमा पहिरो तथा लेदो खसेर दुईतर्फी रुपमा सडक अवरोध भएकाे छ।

अवरोध हटाई सडक सञ्चालन गर्न समय लाग्ने भएकाले सुरक्षित यात्राका लागि सडकको अवस्था जानकारी लिएर मात्रै यात्रा गर्नु हुन प्रहरीले सर्वसाधारणका लागि अनुरोध गरेकाे छ ।

Bp Marga

October 31, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको