मण्डनदेउपुरका जनप्रतिनिधीले गराए मन्त्री घिसिङकाे ध्यानाकर्षण

काभ्रे। जिल्लाकाे मण्डनदेउपुरका जनप्रतिनिधीहरुले जिराेकिलाे-सिपाघाट-मेलम्ची सडककाे विषयमा भाैतिक पूर्वाधार विकासमन्त्री कुलमान घिसिङकाे ध्यानाकर्षण गराएका छन् ।

नगर उपप्रमुख विष्णुमणि नेपाललगायत विभिन्न वडाका वडाध्यक्षहरुसहितकाे टाेली मंगलबार मन्त्रालय पुगेर मन्त्री घिसिङकाे ध्यानाकर्षण गराएका हुन्।

हेलम्बु राजमार्गकाे २३ किलाेमिटरकाे साे खण्डमा टिपरहरुकाे चाप धेरै हुँदा र गत वर्ष र याे वर्षकाे अविरल वर्षाका कारण क्षति भएकाले यसकाे स्तराेन्नतीकाे लागि ध्यानाकर्षण पत्र बुझाइएकाे नगर उपप्रमुख विष्णुमणि नेपालले बताउनुभयाे ।

यस सडककाे स्तराेन्नतीका लागि संघीय सरकारबाट ९ कराेड ७९ लाख बजेट विनियाेजन भएकाे छ तर वागमती प्रदेश वा संघीय सरकार कसले काम गर्ने भन्ने विषयमा प्राविधिक स्पष्ट नभएकाले अहिले सडककाे अवस्था दयनीय बनेकाे छ ।

काभ्रेकाे मण्डनदेउपुर र सिन्धुपाल्चाेकका मेलम्ची नगरपालिका तथा इन्द्रावती गाउँपालिका र क्रसर व्यवसायी मिलेर अस्थायीरुपमा सडककाे मर्मत हुँदै आएकाे छ। तर यसले मात्र दीगाे नहुने भएकाले तत्कालै समस्या समाधान गराइ सडककाे स्तराेन्नती गराउन ध्यानाकर्षण गराइएकाे उपप्रमुख नेपालले बताउनु भयाे ।

Kulman And Mandan 2

November 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको