काभ्रेपलाञ्चोकबाटै सवारीचालक अनुमतिपत्रकाे छपाइ

बनेपा । अबदेखि काभ्रेपलाञ्चोकबाटै सवारीचालक अनुमतिपत्र छपाइ हुने भएकाे छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले काभ्रेकाे पनाैती नगरपालिका वडानम्बर ५ स्थित श्रीखण्डपुरमा रहेकाे सुरक्षण मुद्रण केन्द्र पुगेर छपाइ कार्यको औपचारिक शुभारम्भ गर्नुभयाे ।

यातायात व्यवस्था विभागले पहिलो चरणमा काभ्रेस्थित सुरक्षण मुद्रण केन्द्रमार्फत शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र छपाइ थालेकाे हाे । यस क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले मुद्रण केन्द्र पुगेर छपाइ कार्यको शुरुवात गर्नुभएकाे हाे।

सुरक्षण मुद्रण केन्द्रमा अब दैनिक करिब ५ सयप्रति सवारीचालक अनुमतिपत्र छापिनेछन् । सम्पूर्ण प्रक्रिया पूरा भएपछि ६ महिनाभित्र १२ लाखप्रति चालक अनुमतिपत्र छाप्ने लक्ष्य रहेकाे केन्द्रका कार्यकारी प्रमुख देवराज ढुंगानाले जानकारी दिनुभयाे । यससँगै अब नाै प्रकारका कार्डहरु केन्द्रले छपाइ गर्ने उहाँले बताउनुभयाे । जसमा हुलाक टिकट, अन्तःशुल्क स्टिकर, नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, एटिएम कार्डलगायत रहेका छन् । यी कार्डहरु छपाइका लागि वर्षेनी अर्बाैं रुपैंयाँ विदेशिने गरेकाेमा अब स्वदेशमै कार्ड छाप्दा याे पैसा बचत हुने भएकाे छ ।

यहाँ काम गर्न आइपरेका विविध समस्याहरु र नीतिगत समस्याहरु रहेकाे थाहा पाएपछि आफूले शुरुमै समस्या सल्टाउँदै सुरक्षण मुद्रण केन्द्रबाट केही काम त गराैं भनेर प्रक्रिया अगाडि बढाइएकाे बताउँदै मन्त्री खरेलले शुरुवातमा सवारी चालक अनुमतिपत्र छाप्न शुरु भएकाे बताउनुभयाे । मुद्रण केन्द्रमार्फत छपाइ गर्दा पहिलेको तुलनामा प्रति कार्ड रु. १०० सस्तो पर्ने भएको छ। यसले सरकारलाई खर्च बचतसँगै चालक अनुमतिपत्र वितरण प्रक्रियामा सहजता ल्याउने मन्त्री खरेलले जानकारी दिनुभयाे ।

कार्यक्रममा मन्त्रालयकी सचिव एवं मुद्रण केन्द्रकी अध्यक्ष राधिका अर्याल, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, मुद्रण केन्द्रका प्रमुख कार्यकारी निर्देशक देवराज ढुंगाना, यातायात ब्यवस्था विभागका महानिर्देशक राजिव पोखरेललगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

578273255 26091434367123777 365136408904145810 N

November 7, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको