नेपाल प्रहरीका नयाँ आइजिपीमा दानबहादुर कार्की नियुक्त

काठमाडौँ । सरकारले नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्कीलाई नियुक्त गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो ।

आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उनका व्याचमेट एआईजीद्वय राजन अधिकारी र डा. मनोजकुमार केसी थिए । एआईजी सिद्धिबिक्रम शाह पनि आईजीपीको दाबेदार थिए ।

वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरेर कार्तिक २६ मा अवकाशमा जाँदैछन् । खापुङले भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका थिए।

Dan Bdr Karki

November 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको