मेलम्ची खानेपानीकाे विवाद अन्त्य

काठमाडाैँ । मेलम्ची खानेपानी संघर्ष समित र सरकारबीचकाे वार्ता सकारात्मक भएकाे छ । यससँगै तत्कालका लागि विवादकाे अन्त्य भएकाे छ भने राेकिएकाे पानी पथान्तरण पनि सुचारु हुने भएकाे हाे ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थिती भएको छलफलमा मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद समाधान भएको छ ।

मंगलबार राति १० बजेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरुको उपस्थितीमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।

स्थानीयवासी र संघर्ष समितिले विभिन्न माग राख्दै कार्तिक २० गतेदेखि मेलम्ची खानेपानीकाे मुहानमा ताला लगाएका थिए ।

581943051 25070251979303178 191373127123605157 N

November 12, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको