सिन्धुपाल्चाेक । मेलम्ची युवा समूहकाे अनुराेधमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले डस्टबिन सहयाेग गरेकाे छ। कम्पनीले आफ्नाे सामाजिक उत्तरदायित्व अन्तर्गत केही थान फाेहाेर फाल्ने डस्टबिन सहयाेग गरेकाे हाे ।
लामाे समयदेखि बजारमा विभिन्न सफाई अभियान चलाउँदै आएकाे मेलम्ची युवा समूहले ती डस्टबिनहरु स्थानीयवासीकाे समझदारीमा जनप्रतिनिधि र नगर उद्याेगसहितकाे सहभागितामा शनिबार बजार क्षेत्रका विभिन्न भागमा राखेकाे छ। संख्यामा थाेरै भए पनि याे सहयाेगले अरु दाताहरुलाई पनि सहयाेगकाे भावना विकसित गराउने मेलम्ची युवा समूहले अपेक्षा गरेकाे छ ।
यस समूहले नगरमा खुलेका र संचालनमा रहेका उद्याेग र कारखानाहरुले सहयाेग गर्ने हाे भने शहरलाई सफा राख्न सहयाेग पुग्ने जनाएकाे छ । अहिलेसम्म ती उद्याेगहरुले कुनै सहयाेग नगरे पनि वर्ल्डलिंकले सहयाेग गरेकाे भन्दै दाता कम्पनीलाई धन्यवाद दिएकाे छ।

November 15, 2025, Jyotishsanchar press

