पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी

काठमाडौँ । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुज्यान मगियालाई सरकारले रोजगारी दिएको छ। सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो ।

सोमबार सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितीमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिएका छन् ।

पत्रकार रजकको गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा ज्यान गएको थियो ।

Unnamed File.jpg

November 18, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको