राहदानी बनाइदिने भनी बिचौलियाको काम गर्ने तीन जना पक्राउ

काठमाडौँ । राहदानी बनाइदिने भनी बिचौलियाको काम गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने सर्लाही हरिवन नगरपालिका-१ घर भएका ३२ वर्षीय भाग्यनारायण साह, काठमाडौं महानगरपालिका-३ बस्ने धादिङ नेत्रावती गाउँपालिका-२ घर भएका ३६ वर्षीय वीरेन्द्र थापा मगर र काठमाडौं महानगरपालिका-२८ बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-५ घर भएका ४३ वर्षीय मिक्टे लामा रहेका छन् ।

राहदानी विभाग त्रिपुरेश्वरको मुल गेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भनी विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दुःख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारवाहीमा समेत अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टाेलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Arest Pakrau 1

November 18, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको