पाँचखालमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पाँचखाल । काभ्रेकाे पाँचखालमा बिहीबार भएकाे सवारी दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ ।

अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–४ स्थित सडकमा हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई अरनिको यातायातको बा २ ख ६५७९ नम्बरको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो। सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँका लागि हिँडेको साे बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि उनका आफन्तले चालकलाई कारबाही तथा क्षतिपूर्तिको माग गर्दै अरनिको राजमार्गकाे पाँचखाल खण्ड अवरुद्ध गरेका थिए ।

Accident Final Uvlfyfeitl

November 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको