काठमाडौँ । आइतबार नेप्से परिसूचक ३९.९२ अंकले बढेकाे छ । यस सँगै नेप्से २ हजार ६००.२२ को विन्दुमा उक्लिको छ।
आज ३३४ कम्पनीका १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता शेयर किनबेच भए । जसमा ६ अर्ब २८ करोडकाे कारोबार भएको छ ।
आज २३७ कम्पनीको मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ६५ करोड ६० लाख रुपैंयाँको कारोबार भएको छ । यस्तै पिपुल्स हाइड्रो पावरको ३४ करोड ७८ लाख रुपैंयाँ र तेस्रोमा राधी विद्युतको २१ करोड ९२ लाख रुपैंयाँको कारोबार भएको छ।

November 23, 2025, Jyotishsanchar press

