सिन्धुपाल्चाेककाे क्यौलेठानाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडानम्बर ९ मा रहेकाे क्यौलेठाना आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई न्यानो कपडा, खेलकुद सामग्री र शिक्षकहरुलाई झोला वितरण गरिएकाे छ। आइतबार विद्यालयमा आयाेजित एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई न्यानो कपडा, खेलकुद सामग्री र शिक्षकहरुलाई झोला वितरण गरिएकाे हाे ।

स्थायी बसोबास पर्सा जिल्ला तर हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका शान्त घलेको सहयोगमा न्यानो कपडा वितरण गरिएकाे थियाे । कार्यक्रममा मेलम्चीका नगरप्रमुख आइतमान तामाङकाे प्रमुख आतिथ्यता तथा वडा सदस्य पूर्णबहादुर तामाङको विशेष आतिथ्यतामा सामाग्री वितरण गरिएकाे हाे ।

कक्षा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई न्यानाे कपडा वितरणका लागि यस विद्यालयका पूर्वविद्यार्थी, पूर्वविद्यालय व्यवस्थापन समिति सदस्य एवं समाजसेवी सचिन तामाङ (पाख्रिन) र पूर्वशिक्षक आस्मा तामाङ (पाख्रिन) ले समन्वय गर्नुभएकाे थियाे । यस्तै बौद्ध स्पोटर्सका सञ्चालक राधिका तामाङ र सुनिल तामाङले विभिन्न किसिमका खेलकुद सामग्रीहरू वितरण गर्नुभयाे ।

साथै विद्यालय व्यवस्थापन समितिका सदस्य सोमाली तामाङको तर्फबाट शिक्षकहरूका लागि झोला वितरण गरिएकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि नगरप्रमुख तामाङले सहयाेगी र समन्वय गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयाे । उहाँले विद्यालयका लागि नगरपालिकाले सधैं सहयाेग गर्ने बताउनुभयाे ।

588073341 122229268172156210 686628324536753953 N

November 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको