अवैध जडीबुटी र नगद २० लाखसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ नयाँबजार क्षेत्रबाट अवैध जडीबुटी तथा नगदसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१६ नयाँबजार बस्ने ३७ वर्षीय चिनियाँ नागरिक MA MASU र काठमाडौँ महानगरपालिका-३१ घर भएका ३६ वर्षीय नबिला बानु रहेका छन् ।

यार्सागुम्बा, वन-लसुन, किटपतंग (किरा), गुच्ची च्याउ (जडीबुटी) जस्तो देखिने वस्तु लगायतका वन पैदवारहरूको गैरकानूनीरूपमा संकलन, ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद २० लाख रूपैयाँ, यार्सागुम्बा जस्तो देखिने वस्तु झोलासहित करिब ९ किलो ३ सय ६० ग्राम, वन लसुन जस्तो देखिने वस्तु बोरासहित करिब १ सय ५७ किलोग्राम, किटपतंग जस्तो देखिने सुकेको किराहरू बोरासहित १ सय १ किलोग्राम, गुच्ची च्याउ जस्तो देखिने वस्तु बोरासहित ७ किलो ९ सय ग्राम, तौल गर्ने मेसिन २ थान लगायतका सामान बरामद गरेको छ ।

उनीहरूलाई वन ऐन, २०७६ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको छ ।

Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t

November 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको