काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्चर नगरपालिका-६ बौद्ध बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-९ घर भएका ३० वर्षीय मिङमार शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्चर नगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

November 28, 2025, Jyotishsanchar press

