काठमाडौँ । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेटसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भएका २९ वर्षीय सुदीप तामाङसमेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उता बर्दिया, गुलरिया नगरपालिका-१ बोहरा चोक बस्ने २३ वर्षीय सुरज चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

December 2, 2025, Jyotishsanchar press

