वैदेशिक राेजगारीका नाममा १९ लाख ७० हजार ठगीः दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-३ घर भएका ३० वर्षीय प्रवेश पोखरेल र काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपलिका-९ घर भएका ४५ वर्षीय ईश्वर राना रहेका छन् ।

पक्राउ मध्ये प्रवेशले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ७० हजार रूपैयाँ र ईश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडतबाट ११ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी परेकाे थियाे ।

यसकै आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रवेशलाई काठमाडौँ महानगरपालिका-२६ बाट र ईश्वरलाई काठमाडौँ महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।

Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t

December 2, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको