काठमाडौं । सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल वाग्मती प्रदेशको अध्यक्षमा ललितपुरका दिलकृष्ण प्रजापति सर्वसम्मत निर्वाचित भएका छन् ।
काठमाडौंमा भएको सञ्जालको प्रदेश स्तरीय अधिवेशनले उनको नेतृत्वमा १३ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । समितिको उपाध्यक्षमा कविता इटनी, सचिवमा महेन्द्र मानन्धर , सहसचिवमा रोशन कुमार श्रेष्ठ र सृजना न्यौपाने कोषाध्यक्षमा चयन भएका छन् ।
यस्तै, सदस्यमा दिपक विक्रम देउजा, अस्मिता अर्याल, तिर्सना कट्टेल, धनमाया थापा, निर्मला कट्टेल, सृजना पौडेल, बाबुराजा बज्राचार्य, भगवान रानामगरलाई कार्य समिति चयन गरेको छ ।
सञ्जालको काठमाडौंको बालाजुमा चलेको प्रथम अधिवेशनले सर्वसम्मतले कार्य समिति चयन गरेको थियो ।

December 13, 2025, Jyotishsanchar press

