नियन्त्रित लागूऔषधसहित धरानबाट एक जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-१६ विशाल मार्ग बस्ने २८ वर्षीय संजय तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६७ ट्याब्लेट र स्पास्पेन ५ सय ७२ ट्याब्लेटसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Arest Pakrau 1

December 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको