काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३२ बस्ने कपिलवस्तु शिवराज नगरपालिका-५ घर भएका ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, काठमाडौँ महानगरपालिका-३२ बस्ने भोजपुर षडानन्द नगरपालिका-१२ घर भएकी ३३ वर्षीया बबिता विश्वकर्मा र काठमाडौँ गोकर्णेश्वर नगरपालिका-५ बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-९ घर भएका २५ वर्षीय साईरज सुवेदी रहेका छन् ।
पक्राउ मध्ये पवित्रले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, बबिताले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १९ लाख रूपैयाँ र साईरजले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख १४ हजार ५ सय रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पवित्र र बबितालाई काठमाडौँ महानगरपालिका-३२ बाट तथा साईरजलाई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो ।

December 20, 2025, Jyotishsanchar press

