जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका-६ घर भएका ३९ वर्षीय पूर्णसिंह लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा पूर्णसिंह समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Arest Pakrau 1

December 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको