जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा देशका विभिन्न ठाउँबाट तीन जना पक्राउ परेका छन् ।

पाल्पा, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-७ बस्ने बाग्लुङ निसि गाउँपालिका घर भएका ३४ वर्षीय जीवन घर्तीमगर भन्ने शेरबहादुर बितालुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । शेरबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मोरङ, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने ५० वर्षीय गणित भन्ने गणेश राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गणेश र सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूमध्ये गणेशलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार रोमनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कैलाली, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१२ मनेहरा शिविर बस्ने ३८ वर्षीय झंकुराम डगौरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । झंकुरामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Arest Pakrau 1

December 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको