पनौतीको रोडाढुंगा उद्योगमा सुख्खा पहिरोले एक जनाको मृत्यु

पनौती। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा रहेको रुसी रोडाढुंगा उद्योगमा मंगलबार पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

इस्काभेटरले खन्ने क्रममा पहिरो जाँदा काभ्रेको खानीखोला २ घर भई पनौती नगरपालिका–९ बस्ने अपरेटर ३४ वर्षीय रामबहादुर तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको हो ।

पहिरोमा घाइते भएका पनौती नगरपालिका १२ का ३५ वर्षीय ईश्वर गुरुङको भने उपचार भइरहेकाे छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Accident Kavre

December 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको