स्रोत नखुलेको ६ लाखसहित विराटनगरबाट एक जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका-१५ बाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

सोही नगरपालिका-६ बस्ने ४९ वर्षीय अरबिन्द्र अग्रवाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०४-००१ च ०१६४ नम्बरको कारमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t

December 29, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको