जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

भक्तपुर । जुवातास खेलिरहेको अवस्थामा भक्तपुरबाट १४ जना पक्राउ परेका छन् ।

सूर्यविनायक नगरपालिका-५ सल्लाघारी डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-७ घर भएका ४१ वर्षीय गोपालबहादुर बलको कोठामा जुवातास खेलिरहेको अवस्थामा गोपाल बहादुरसमेत १४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी परिसर भक्तपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार २ सय ६० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Arest Pakrau 1

December 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको