वैदिक सनातन धर्म संरक्षण समिति उर्लाबारी नगरपालिकाको वडा भेला सम्पन्न

माेरङ । वैदिक सनातन धर्म संरक्षण समितिको उर्लाबारी नगरपालिकाको वडा भेला संस्थाका केन्द्रीय सदस्य ज्योतिष पण्डित जयराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि भट्टराईले संस्थामा आबद्ध भएका जो कोहीलाई जुनसुकै समयमा समस्या परेमा पनि तुरुन्त संस्थाका पदाधिकारी उपस्थित भएर सहयोग गर्ने बताउँदै संस्था खोल्दा दुःख भोगे पनि अहिले आएर आफूलाई संस्थामा अरुले देखाएको चासोप्रति आफू हर्षित भएको बताउनुभयो।

Cb4b59fe 4c25 4185 9e8a 3b226921610b
Cb4b59fe 4c25 4185 9e8a 3b226921610b

त्यसैगरी कर्मकाण्ड ज्योतिष वास्तु परिषद्का केन्द्रीय महासचिव प्रमोद भट्टराईले कर्मकाण्डीय पद्धतिहरू पूर्वमा जे चलेको छ पश्चिममा पनि त्यही पद्धति हुनुपर्ने तर पूर्वमा भएको पद्धति र पश्चिममा भएको पद्धतिमा एकरूपता नहुनुले आफूलाई चिन्ता भएको बताउँदै यस संस्थाले पनि यस विषयमा गम्भीर भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

उक्त वडा भेलामा नेत्रप्रसाद दाहाल, गणेश न्यौपाने, चेतन आचार्य लगायतले आफ्नो धार्मिकीय विषयहरू राख्नुभएको थियो । उक्त भेलाको सभापतित्व संस्थाका नगर अध्यक्ष सुमन खनालले गर्नुभएको थियो ।

Whatsapp Image 2026 01 03 At 16.47.14

January 3, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको