स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

मोरङ विराटनगर महानगरपालिका-१३ बाट स्रोत नखेलको नगद ३ लाख ९९ हजार ९ सय ५० रूपैयाँ सहित सोही महानगरपालिका-१० बस्ने ३६ वर्षीय उमेश साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको प्र.१-०२-०४२ प २८८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t

January 6, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको