मानव बेचबिखन तथा शारीरिक यातना दिने कार्यमा संलग्न दुई जना पक्राउ

मोरङ। मानव बेचबिखन तथा शारीरिक यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-११ रोडसेशस्थित भिन्तुना गीतगजलका संचालक सोही महानगरपलिका-१२ घर भएका ३३ वर्षीय पर्शुराम कामत र सोही गीतगजलमा काम गर्ने सोही महानगरपालिका-८ घर भएका २६ वर्षीय मनिष ठाकुर रहेका छन् ।

उनीहरूले सोही गजलमा काम गर्ने १६ वर्षीया बालिकालाई भारतीय नागरिहरूसँग यौन क्रियाकलाप गर्न लगाई शारीरिक यातना समेत दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले बालिककाको उद्दार समेत गरेको छ ।

उनीहरूलाई मानव बेचबिखन तथा शरीर बन्धक कसुरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Abaidh Lagu Ausadh Pakrau Nq5pdda05t

January 7, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको