जबरजस्ती करणी गरेको अभियोगमा प्युठानमा एक जना पक्राउ

प्युठान । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्वर्गद्वारी नगरपालिका-९ जुकेना बस्ने २१ वर्षीय दुर्गबहादुर घर्ती मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट लामाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Arest Pakrau 1

January 8, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको