काठमाडौँ । आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा सीमा नाका बन्द हुने भएको छ।
बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागिएको हो ।
निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । सोही अनुसार सीमानाका बन्द गर्न आयोगले सिफारिस गरेको हाे ।
आइतबार राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्न लागिएको हो । आयोगले सीमा नाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ ।

March 1, 2026, Jyotishsanchar press

