अझै अवरुद्ध बिपी राजमार्ग

काभ्रे । अविरल वर्षाका कारण बीपी राजमार्ग अझै अवरुद्ध बनेको छ। डिभिजन सडक कार्यालय भक्तपुरलगायत निकायले सडक खुलाउने प्रयास गरे पनि पुनः परेको वर्षाले स्थिति थप जटिल बनाएको हो। आइतबार बेलुकासम्म राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहँदा अपराह्न वर्षा भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अस्थायी डाइभर्सन निर्माण कार्य रोकिएको छ।

वर्षा नपरेमा सोमबार बिहानदेखि डाइभर्सन निर्माणलाई निरन्तरता दिँदै आवागमन सुचारु गराउने तयारी गरिएको छ। आइतबार आठ स्थानमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने प्रयास गरिए पनि चारसयबेँसी क्षेत्रमा काम भइरहेका बेला वर्षा सुरु भएपछि थप काम स्थगित गरिएको हो।

यसअघि शनिबार दिउँसोदेखि वर्षा सुरु भएसँगै जोखिम बढेपछि जिल्ला सुरक्षा निकायले अपराह्न ३:३० बजेदेखि उक्त राजमार्गमा आवागमन बन्द गराएको थियो। जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुन्जेदेखि रोशीको मङ्गलटार खण्डसम्म रोशी खोलामा आएको ठूलो बाढीका कारण सम्भावित दुर्घटना रोक्न सडक बन्द गरिएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको