कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध, २०६४ पछिको पहिलो सर्वसम्मत चयन

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित भएका छन्। सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले उनलाई सर्वसम्मत रूपमा चयन गरेको सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए।

यसअघि सानेपास्थित केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिकतर्फबाट निर्वाचित सांसद आङ्देम्बेलाई दलको नेता बनाउने निर्णय गरेको थियो। तीन नेताबीच दाबी परेपछि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा बनेको सहमति समितिले सर्वसम्मत निर्णय गराएको हो।

विसं २०६४ पछि कांग्रेसले पहिलोपटक संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरेको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको