काठमाडौं । नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा कम्तीमा ३८ जना खानी मजदुरको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएफपीले ३८ मजदुरको ज्यान गएको समाचार सार्वजनिक गरेको छ । पठार राज्यको बसार जिल्लास्थित कम्पानिन जुराक खानी क्षेत्रमा भएको विस्फोटमा अन्य २७ जना घाइते भएको समाचार छ ।
स्थानीय समय अनुसार बिहान ७:३० देखि ८ को बीचमा विस्फोट भएको नजिकैको खानी मजदुर इब्राहिम दत्तिजो सानीले एएफपी समाचार समितिलाई बताए ।
पश्चिम अफ्रिकी देश नाइजेरियाले विगतमा पनि यस्तै घातक खानी दुर्घटना देखेको छ। गत सेप्टेम्बरमा भारी वर्षाका कारण अवैध खानीमा ढुङ्गा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । (एएफपी)

February 19, 2026, Jyotishsanchar press

