प्रतिनिधि सभाको नयाँ नियममावली बनाउनका लागिगठित समितिमा गणेश पराजुली चुनिनु भएको छ।
आज बसेको बैठकमा नियमावली मस्यौदा समिति गठनका लागि रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले समितिको सभापतिमा गणेश पराजुली र समिति सदस्यहरूको नाम प्रस्ताव गर्नुभएकोमा उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
समिति सदस्यहरूमा सदस्यहरूमा डा. ओजश्वी शेरचन, ऐन महर, खुस्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराजव राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाई, रेखा कुमारी यादव, यज्ञमणी न्यौपाने, सुलभ खरेल रहेका छन् ।

