बनेपा नगरस्तरीय प्रथम नाइटिङ्गेल जुनियर फुटसलकाे उपाधि आयाेजकले जित्याे

बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० मा रहेको नाइटिङ्गेल एकेडेमीको आयोजना र बनेपा प्याब्सनको सहकार्यमा बनेपा नगरस्तरीय प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिताकाे उपाधि आयाेजक नाइटिङ्गेल एकेडेमीले जितेकाे छ ।

शुक्रबार भएकाे फाइनलमा एबिएम स्कुललाई १-० गाेल अन्तरले पराजित गर्दै आयाेजकले उपाधि हात पारेकाे हाे । यस्तै एबिएम स्कुल दाेस्राे हुँदा प्रगति प्रभात तेस्राे र ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले सान्त्वना पुरस्कार पाएका छन् । प्रतियोगिता बिहीबारदेखि शुरु भएकाे थियाे ।

पुरस्कृत टिमहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यलगायत विशेष अतिथिहरु बनेपाका विभिन्न वडाका वडाध्यक्षहरुले पुरस्कार वितरण गर्नुभएकाे थियाे । प्रथम भएकाे नाइटिङ्गेलले नगद २० हजार , ट्रफि तथा प्रमाणपत्र, दाेस्राे हुने टिमले नगद १५ हजारसहित ट्रफि तथा प्रमाणपत्र र तेस्राे हुनेले नगद १० हजारसहित ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

समापन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी शाक्यले नगरपालिकाले खेल क्षेत्रकाे विकासका लागि प्राथमिकतामा राखेर काम गरिरहेकाे बताउनुभयाे । उहाँले खेलमा हार जीत स्वभाविक रहेकाले यसमा चिन्ता नगर्न र आगामी दिनमा थप मिहेनत गरेर खेल्न अनुराेध गर्नुभयाे ।

समारोहमा उपस्थित सबैलाई विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले स्वागत गर्दै विद्यार्थीका लागि फुटसल निकै महत्वपूर्ण रहेको बताउनुभयो । विद्यालयका अध्यक्ष रत्नकुश रञ्जितले असल अनुशासनमा रहेर खेल खेल्न विद्यार्थीहरुलाई अनुरोध गर्दै खेलमा हार जीत जे भए पनि सहभागिता ठूलो कुरा भएको बताउनुभयो । उहाँले एक पटक हार्दैमा निराश नबन्न आग्रह गर्दै नाइटिङ्गेल एकेडेमीमा हुने जुनसुकै खेल कार्यक्रममा बनेपा नगरका जो सुकै विद्यार्थी निःशुल्क सहभागि हुने गरि आफूले तयारी थालेको जानकारी दिनुभयो ।

प्रतियोगितामा नगरका १७ विद्यालयका १८ टिम सहभागी रहेको कार्यक्रम संयोजक विक्रम प्रजापतिले जानकारी दिनुभयो ।

D43b3cf0 30c9 48f3 A9e9 56b30e7e3386

February 27, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको