कैलाली । आफ्नै श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-७ देवरीया बस्ने ३५ वर्षीय डम्मरराज जोशीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
डम्मरराजले शनिबार राति धारिलो हतियार प्रहार गर्दा सरस्वतीको घटनास्थलमै मृत्यु भएको थियो । फरार भएका उनलाई प्रहरी चौकी ढकेरी शम्सेरगंज बाँकेबाट खटिएको प्रहरीले बाँके राप्ती सोनारी गाउँपालिका-८ ओभरीबाट पक्राउ गरेको हो ।
भरूवा बन्दुकसहित एक जना पक्राउ
संखुवासभा, भोटखोला गाउँपालिका-४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मालाई भरूवा बन्दुक १ थानसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धममा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

March 9, 2026, Jyotishsanchar press

