काठमाडौं । चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा १० जना महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गरिएको छ।
सम्मानित हुनेहरूमा गौरी मल्ल, ऋचा शर्मा, अञ्जना बराइली, शारदा गिरी, रीना मोक्तान, प्रज्ञा जोशी, देविका बन्दना, गीता अधिकारी, लक्ष्मी श्रेष्ठ र गौमाया गुरुङ रहेका छन्।
उनीहरूलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा चलचित्र ‘कुमारी’का कलाकारहरूको मुहारचित्र हस्तान्तरण गर्नुका साथै ललितकला कलाकारहरूलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो।

