युट्युबर विरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

काठमाडौँ । साइबर बुलिङको सिकार भएको बताउँदै अमिशा पराजुलीले आफूविरुद्ध भ्रम फैलाएको चरित्रहत्या गरेको आरोप लगाउँदै युट्युबर रतन कार्की मिन गुरुङ विरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी हुन्

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध आयोजित प्रदर्शनमा सहभागी भएपछि पराजुली सामाजिक सञ्जालमा चर्चामा आएकी थिइन् सोही क्रममा दिएको अभिव्यक्तिका कारण उनी भाइरल बनेकी थिइन्

आफ्नी आमासहित साइबर ब्युरो पुगेकी पराजुलीले कार्की गुरुङका साथै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता तथा कन्टेन्ट क्रिएटरविरुद्ध पनि उजुरी दर्ता गराएकी छन् आफूसँग असम्बन्धित विषयमा भ्रामक सामग्री तयार पारिएको बुबाले गाली गरेको भन्दै झुटो प्रचार गरिएको उनको आरोप

साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलिपकुमार गिरीका अनुसार घटनासँग सम्बन्धित २२ वटा फेसबुक खातालाई रिपोर्ट गरी लोकेट गर्ने काम भइरहेको रतन कार्की मिन गुरुङलगायत विरुद्ध परेको उजुरीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको