काठमाडौंं । प्रतिनिधिभाको उपसभामुख पदको निर्वाचन यही चैत २७ गते हुने भएको छ । सभामुख डीपी अर्यालले आजको प्रतिनिधिसभा बैठकबाट उपसभामुख निर्वाचनको मिति तोकेका हुन् ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ उपनियम २ बमोजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गरिएको उनले बताए ।
उनले उपसभामुख पदको निर्वाचनको कार्यक्रम सम्बन्धि सूचना आजै प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिए ।

