‘सरकार कच्चा छैन, बच्चा छैन । सचेत छ । सबै हिसाबले सरकार मजबुत छ ।सांसद  सुनार

काठमाडौँ ।   सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै भने ‘सरकार कच्चा छैन, बच्चा छैन । सचेत छ । सबै हिसाबले सरकार मजबुत भएको बताउनुभयो।

सांसद सुनारले जेनजी आन्दोलन दबाउने, भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने वाचालाई जनताले अनुमोदन गरेकाले सरकारले सोही अनुसार काम गरिरहेको जिकिर गरे ।

सरकारले गरेको काम वा सदनले गरेको काम अहिलेको जनप्रतिनिधिहरूले गरेको काम जनताको बीचमा हामीले प्रतिबद्धता गरेर आएको थियौँ । जनताको बीचमा हामी जाँदैगर्दा यी यी कामहरू हामी गर्नेछौँ । जेनजी आन्दोलन दबाउनेहरूलाई छानबिन गर्छौँ, अपराध गर्नेहरूलाई छानबिन गर्छौँ । भ्रष्टाचार गर्नेहरूलाई छानबिन गर्छौँ भनेर जनतामा हामी वाचा गरेका गएका थियौँ । जनताले त्यसलाई स्वीकार गरेर पठाएको कुरा हामीले कार्यान्वयन गरेका हौँ ।’

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको