प्रतिनिधि सभामा आज सम्पन्न प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी ठाकुर विजयी पाएकी छिन्।
निर्वाचनमा श्रम स्वीकृति पार्टीकी रुबीकुमारी ठाकुरको पक्षमा २२९ मत प्राप्त भएको थियो भने विपक्षी राप्रपाकी सरस्वती लामाले ५ मत प्राप्त गर्नुभएको थियो। प्रतिनिधि सभाको उपसभामुख पदमा रुबी कुमारी ठाकुर विजयी भएको जानकारी सभामुख डिपी अर्यालले गराउनुभयो ।
निर्वाचनमा श्रम संस्कृति पार्टीसँगै सत्तारुढ दल राष्ट्रप राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस नेकपा माओवादी को समेत समर्थन थियो भने राप्रपा ले एकल रुपमा उपसभामुख पदमा प्रतिस्पर्धा गरेको थियो। नेकपा एमालेले भने उपसभामुख पदमा मतदान गर्न भाग लिएन।

