आज पनि पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी भागमा आंशिक बदली छ । तराईका जिल्लाहरूमा भने अहिले मौसम सामान्यतया सफा नै देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

आज कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित देशका अन्य हिमाली भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको तराई क्षेत्र र अन्य पहाडी भागमा आंशिक बदली हुने भए पनि बाँकी तराईका क्षेत्रमा मौसम सफा रहनेछ ।

यद्यपी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी र अन्य प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको