काठमाडौँ । वैदेशिक रोजगार विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत ३८ वर्षीय नायब सुब्बा होमबहादुर मनाङी पक्राउ परेका छन् ।
वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिन भन्दै सेवाग्राहीसँग घुस मागेर दुःख दिएको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।
उनको साथबाट थप ७७ हजार ६०० रुपैयाँ स्रोत नखुलेको रकम समेत बरामद भएको छ। पक्राउ परेका मनाङीबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

