काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
कारचालक काठमाडौँ महानगरपालिका ७ का ३४ वर्षीय सुरज खड्काको दुर्घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मकवानपुरबाट काठमाडौँ आउँदै गरेको बागमती बिए डी ५२८१ नम्बरको कार गए राती सभा १० बजे सडकबाट ५०० मिटर तल खसेको थियो।

