काठमाडाैं । सरकारले भन्सार नियमावली, २०८३ स्वीकृत गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठकले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षक पदमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
यसैगरी, सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक कारोबार गर्न सक्ने गरी सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय समेत गरिएको मन्त्री पोखरेलले बताए।

