काठमाडौँ । नयाँ Nothing Phone 4a Pro नेपाली बजारमा प्रवेश गरेको छ, जसले प्रिमियम डिजाइन र शक्तिशाली फिचरहरूको संयोजन प्रस्तुत गर्दछ। CG Mobiles Nepal मार्फत उपलब्ध यो फोन १२GB RAM र २५६GB स्टोरेजमा आउँछ।
यसमा ५०MP सोनी क्यामेरा, ३.५x जुमसहितको टेलिफोटो लेन्स, १२०Hz AMOLED डिस्प्ले र ५०W फास्ट चार्जिङ सपोर्ट भएको ५०८०mAh ब्याट्री समावेश छ।
फोनको विशेष ‘Glyph Matrix’ डिजाइन र IP65 सुरक्षा रेटिङले यसलाई अन्य स्मार्टफोनभन्दा फरक बनाएको छ। साथै, प्रारम्भिक ग्राहकहरूले CMF Watch 3 Pro निःशुल्क पाउने अवसर पनि पाउनेछन्।

