काठमाडाैं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्ना समर्थकहरूको बैठक बोलाएका छन्।
धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्ने बैठकमा समूहका शीर्ष नेता, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूलाई बोलाइएको जनाइएको छ।
विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट देखिँदै आएका छन्। उनले उक्त महाधिवेशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यद्यपि, सर्वोच्चले रिट खारेज गर्दै थापा नेतृत्वलाई मान्यता दिएपछि पनि खड्काले आफ्नो समूहभित्र बैठक र छलफललाई निरन्तरता दिँदै आएका छन्।

