काठमाडौँ । जलेका सवारी साधनको नाममा इन्धन लिएको प्रकरण सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुसन्धान सुरु गरिएको छ।
मन्त्री निशा मेहताले उक्त विषयमा गम्भीर ध्यान दिँदै प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएकी छिन्।
जेनजी आन्दोलनका क्रममा २४ वटा सवारी साधन जलेर पूर्ण रूपमा काम नलाग्ने अवस्थामा पुगेका थिए। तर ती सवारीको विवरण देखाएर कर्मचारीहरूले निरन्तर इन्धन सुविधा लिइरहेको पाइएपछि यो प्रकरण बाहिर आएको हो।

