सरकारी गाडी दुरुपयोगमा अंकुश, अब सामूहिक प्रयोग मात्र हुने

काठमाडौँ । सरकारले ६२२ वटा सरकारी सवारी साधन फिर्ता लिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुन विपरीत प्रयोग भइरहेका सवारी साधन फिर्ता गर्न निर्देशन दिएपछि यो प्रक्रिया सुरु भएको हो।

अनुसन्धानका क्रममा तल्लो तहका कर्मचारीहरूले समेत सरकारी गाडी प्रयोग गरिरहेको पाइएपछि वैशाख १० गते सबै निकायलाई परिपत्र जारी गरिएको थियो। सोही आधारमा सवारी फिर्ता गरिएको हो।

अब कानुनले तोकेका अधिकारीबाहेक कसैले पनि व्यक्तिगत रूपमा सरकारी सवारी प्रयोग गर्न नपाउनेछ। सरकारले यस कदमबाट अनावश्यक खर्च कटौती हुने अपेक्षा गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको