महावीर पुनद्वारा सम्पत्ति विवरण सार्वजनिक

काठमाडाैं । म्याग्दीबाट स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका उनले आज सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गरेका हुन्।

उनले श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको र उक्त सुन इष्टमित्रबाट उपहारस्वरूप प्राप्त भएको उल्लेख गरेका छन्। साथै, नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ रहेको खुलाएका छन्, जसलाई उनले चुनावी चन्दा भनेका छन्।

त्यसैगरी, कास्कीमा विभिन्न कित्तामा करिब २७ रोपनी १५ आना ४ पैसा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको