काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा कमलादेवी पन्तलाई मनोनयन गरेका छन्।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) अनुसार सांसद पन्तलाई उक्त जिम्मेवारी दिइएको हो।
यसैगरी, प्रतिनिधिसभामा पार्टीका तर्फबाट संसदीय दलको उपनेतामा अभिषेकप्रताप शाह, मुख्य सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको कांग्रेसले जनाएको छ।

